Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

झुन्डिएको अवस्थामा १८ वर्षीया किशोरीको शव फेला

Zenith Migration Education

सिराहा । सिराहा जिल्लाको मिर्चेया नगरपालिका–६ रेडक्रस टोलमा एक १८ वर्षीया किशोरीको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।

मिर्चेया इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बिहान करिब ४ः३० बजे रञ्जना कुमारी ठाकुरले आफ्नै घरको कोठामा पङ्खामा पासो लगाई आत्महत्या गरेकी हुन् । स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक मुनिलाल यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात् थप विवरण सङ्कलन तथा प्रमाण सङ्कलन गर्न प्रहरी निरीक्षक धिरज पटेलको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको टोली खटाइएको थियो । शवलाई मुचुल्का तयार पारेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिराहा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु