Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

बहुविवाहको कानुन ल्याउन लागेको भन्दै बिनु यादवद्वारा आमरण अनशन सुरु

Zenith Migration Education

काठमाडौँ । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उक्त कानुन खारेजीको माग गर्दै बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छन् ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै सात वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाहविरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।

प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक–पटक माइतीघरमा अनशन बसिसकेकी छन् ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको उजुरी लिएर उनी २०७५ वैशाख २९ गते कालीमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुङ्गिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु