Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

एनसीसी सदस्यमा जितेन्द्र श्रेष्ठ विजयी

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको एनसीसी सदस्यमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनमा एनसीसी सदस्यमा श्रेष्ठ निर्वाचित भएको अष्ट्रेलिया निर्वाचन आयोगले जनाएको छ । उनले राज गुरुङ नेतृत्वको टिमबाट उम्मेदवारी दिएका थिए ।

एनसीसी सदस्यमा निर्वाचित श्रेष्ठले करिब एक दशक अघि अष्ट्रेलिया आएपछि व्यवसाय र सामाजिक सेवामा एक साथ सक्रिया रहेका छन् ।

श्रेष्ठले नयाँ आउने नेपालीहरुलाई रोजगारीका अवसर, बास, सहयोग र परामर्श तथा आपतविपदमा साथ दिने व्यक्ति भनेर निचिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु