सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको एसएनएन एनएसडब्लु महिला संयोजक पदमा आशा श्रेष्ठ निर्वाचित भएकी छन् ।
एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनमा एसएनएन एनएसडब्लु महिला संयोजक पदमा १२९७ मत प्राप्त गरी श्रेष्ठ निर्वाचित भएको अष्ट्रेलिया निर्वाचन आयोगले जनाएको छ ।
श्रेष्ठले राज गुरुङ नेतृत्वको टिमबाट उम्मेदवारी दिएकी थिइन् ।
एसएनएन एनएसडब्लु महिला संयोजक पदमा निर्वाचन श्रेष्ठले आफ्नो व्यवसाय र पेशाबाट आर्जन गरेको आम्दानीबाट केही अंश समस्यामा परेका महिलाहरुका लागि सहयोग गर्दै आएकी छन् ।
दयालु, नम्र र अग्रसर महिला नेतृको रुपमा परिचित उनी नेपाली समुदायमा एक सशक्त र सकारात्मक प्रभाव राख्ने व्यक्तित्व मानिन्छिन् ।



