सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नारीनिकुञ्ज अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा रिज्नू अधिकारी निर्वाचित भएकी छन्
एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय महिला संयोजक पदमा अधिकारी निर्वाचित भएकी हुन् ।
महिलाको हक–अधिकार, सशक्तिकरण र समावेशी प्रतिनिधित्वका लागि लामो समयदेखि सक्रिय रहिएकी अधिकारीको जितले सक्षम महिला नेतृत्वप्रति समुदायको विश्वास पुष्टि गरेको छ । अबको कार्यकालमा उनले महिलाको आवाजलाई अझ सशक्त रूपमा संस्थाभित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।



