Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

एनआरएनए अष्ट्रेलिया अध्यक्षमा सन्तोष कुँवर

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् ।
एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएको अष्ट्रेलिया निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, कुँवरका प्रतिद्वन्द्वी भैरव ढकालले तीन हजार सात सय २७ र सञ्जीव गोर्खाली ढकाल दुई हजार १२६ मत प्राप्त गरेका छन् ।

एनआरएनए अध्यक्षमा कुँवर निर्वाचित भएसँगै उनका समर्थकहरुले उत्सव मनाउन थालेका छन् ।

अध्यक्षमा निर्वाचित कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अष्ट्रेलियाको विभिन्न तहमा क्रियाशील छन् । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएका कुँवरले अध्ययनसँगै सामाजिक सेवामा समेत रुचि राख्दै संस्थागत गतिविधिमा सक्रियता जनाउँदै आएका छन् ।

अध्यक्षमा निर्वाचित कुँवरले एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपमा बलियो बनाउने, प्रविधिमैत्री बनाउने, आर्थिक पारदर्शिता कायम गर्ने तथा सरकारी संयोजनमार्फत नेपाली समुदायलाई सेवा पुर्‍याउने काममा आफू निरन्तर क्रियाशील रहने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु