Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

एनएसडब्लु राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेल निर्वाचित

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेल विजयी भएकी छन् ।

एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनमा एनएसडब्लु राज्य संयोजक पदमा पोखरेल निर्वाचित भएकी हुन् ।

टिम एकताबाट एनएसडल्लु राज्य संयोजक पदमा उम्मेदवारी दिएकी पोखरेलले १२ सय ९१ मत प्राप्त गरेकी छन् ।

समाजसेवा, महिला सशक्तिकरण र घरेलु हिंसाविरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहेकी पोखरेल समुदायमा लोकप्रिय छवि भएकी महिला हुन् ।

घरेलु हिंसाविरुद्धको हरेक अभियानमा अग्रसर रहेकी पोखरेलले आफू एनआरएनए निर्वाचनमा एनएसडब्लु राज्य संयोजक पदमा निर्वाचित भएसँगै महिला सहभागिता र नेतृत्वलाई सुदृढ बनाउने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु