Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

Zenith Migration Education

काठमाडौँ । ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिस सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । त्यसमा उनले सार्वजनिक गरेका गीतमा आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् ।

“प्रेम गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै लिक्ष्य गरेर तयार गरेका छु,” उनले भने । प्रवासमा रहेर पनि उनले गीतसङ्गीतलाई निरन्तरता दिएका छन् ।

“प्रवासमा पनि गीत गाइरहेँ । अहिले विश्वका जुनसुकै कुनामा रहेर पनि आफ्नो काम गर्न सकिन्छ । मैले हरेक वर्ष गीतसङ्गीतमा काम गरिरहेको छु,” उनले भने ।

सन् १९९० को दशकमा नेपालमा ‘ओकिली’ नामक साङ्गीतिक समूह ९ब्याण्ड० को संस्थापक सदस्यका रूपमा सङ्गीत यात्रा सुरु गर्नुभएका गायक ओकिलीको ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु