काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिक अर्थात् भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली भदौ ३१ मा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र भोलिपल्ट अर्थात् असोज १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



