Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक

Zenith Migration Education

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले सोमबार अपराह्न यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रादजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्पिरिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताए ।

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु