Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

एनआरएनए निर्वाचन : विश्वभरिका नेपालीलाई एक बनाउने अध्यक्ष उम्मेदवार ढकालको योजना

Zenith Migration Education

अष्ट्रेलिया (सिड्नी) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता भएसँगै चुनावी प्रचारप्रसार तीव्र पारिएको छ ।

आगामी नयाँ कार्यकाल (२०२५–०२७) का लागि यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलिया निर्वाचनमा भैरवप्रसाद ढकाल, सन्तोष कुँवर र सञ्जीव ढकाल (गोर्खाली) अध्यक्ष पदका दावेदार हुन् ।

ढकाल, कुँवर र गोर्खालीले आ–आफ्नो तर्फबाट चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् भने चुनावी एजेण्डसहित समर्थन रिझाउन र मत आफ्नो पक्षमा ल्याउन व्यस्त छन् ।

त्यसोत एनआरएनए अध्यक्षका उम्मेदवार ढकाल एनआरएनए अभियानमा विश्वास र एकता पुनःस्थापित गर्ने, व्यवसायिकताका साथ एनआरएनए मूल्यमान्यता स्थापित गर्ने मुख्य एजेण्डासहित चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । साथै, युवा, महिला र कम प्रतिनिधित्व भएका आवाजलाई सक्रिय रुपमा सहभागिता बढाउने लक्ष्य ढकाल छ ।

अध्यक्ष उम्मेदवार ढकालले एनआरएनए अभियानमा सबैलाई समेट्दै लैजाने र विश्वभरिका नेपालीलाई एक बनाउने योजना अघि सारेका छन् ।

एनआरएनए अष्ट्रेलियाले विश्वव्यापी प्रभाव निर्माण गर्ने, नेपाल सरकारसँग व्यावहारिक, स्केलेबल डायस्पोरा–मैत्री नीतिहरूको वकालत गर्ने, पारदर्शिता र नवीनता मार्फत एनआरएनए अष्ट्रेलियालाई मोडेलको रूपमा स्थापित गर्ने प्रतिबद्धता ढकालले गरेका छन् ।

हाल एनआरएनए आइसीसीका सल्लाहकार समेत रहेका ढकालसँग एनआरएनए अष्ट्रेलियाका पूर्व सल्लाहकार र पूर्व उपाध्यक्षको रूपमा काम गरेको अनुभव छ । रेस्टुरेन्ट व्यवसायी र सामाजिक इन्जिनियर रहेका ढकाल लामो समयदेखि अष्ट्रेलियाको पर्थमा बस्दै आइरहेका सामाजिक अभियन्ता समेत हुन् । अष्ट्रेलियाको नेपाली समाजमा विशिष्ठ पहिचान बनाएका ढकालको यो उम्मेदवारीले चर्चा ल्याएको छ ।

त्यस्तै, एनआरएनए अध्यक्षका अर्का उम्मेदवार सन्तोष कुँवर र सञ्जीव ढकाल (गोर्खाली) पनि चुनावी अभियानमा होमिएका छ । उनीहरुले पनि विभिन्न एजेण्डा र योजनासहित मत आफ्नो पक्षमा पार्न समर्थन रिझाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु