Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

युएनएचआरसीद्वारा मानव अधिकारको उपभोगमा विकासको प्रस्ताव पारित

Zenith Migration Education

जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मङ्गलबार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शीर्षकको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । चीनले २०१७ मा प्रस्ताव सुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले यो प्रस्तावले सबै मानव अधिकारको उपभोग सुनिश्चित गर्न विकासको महत्त्वपूर्ण भूमिकालाई पुनः पुष्टि गरेको बताए ।

राम्रो जीवनका लागि बढ्दो आकाङ्क्षाहरू पूरा गर्न र मानव अधिकारको पूर्ण प्राप्तिलाई अगाडि बढाउन जनता–केन्द्रित उच्च–गुणस्तरको विकासको महत्त्वलाई प्रकाश पार्ने बताए ।

यो प्रस्तावले धेरै विकासशील देशहरूको साझा आकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ । यसलाई क्यामरुन र पाकिस्तानसहित ४० भन्दा बढी राष्ट्रहरूले संयुक्त रूपमा प्रायोजित गरेका थिए । क्युबा, बोलिभिया, इथियोपिया र केन्या जस्ता देशका प्रतिनिधिहरूले दृढ समर्थन व्यक्त गरेका छन् ।

यो प्रस्तावले मानव अधिकारको प्रवर्धनमा विकासको भूममकाको बारेमा विश्वव्यापी जागरूकता बढाउन र दिगो विकासमार्फत मानव अधिकार संरक्षणको कारणलाई अगाडि बढाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु