काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवम् पूर्व सांसद अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा अष्ट्रेलियामा निधन भएको छ । रेग्मीको असार २३ गते अष्ट्रेलियामा उपचारका क्रममा निधन हो ।
स्वर्गीय रेग्मी वि.सं. २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं.९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४७ सालको अन्तरिम सरकारमा उनी आवास तथा भौतिक योजना मन्त्री थिए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पाल्पा तानसेन नगरपालिका वडा नं. २, मेहलधारामा जन्मिएका स्व. रेग्मीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जानकारी कांग्रेसले दिएको छ ।



