Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच भीडन्त : ६ प्रहरी घाइते

Zenith Migration Education

धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भीडन्त हुँदा ६ प्रहरी घाइते भएका छन् । बिहीबार साँझ तस्करीका सामान नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्करबीच झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मासहित ६ जना प्रहरी घाइते भएको छन् । घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल धनुषाले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको जनाएको छ । धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरेको बताए ।

तस्कर समूहले भारतीय भूभागतर्फबाट सामग्री ल्याउने प्रयास गरिरहेका थिए । ती सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु