Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

Zenith Migration Education

अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रम विभागका अनुसार मे महिनामा एक लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दरमा गत महिना एक लाख ४७ कायम भएको बताइएको छ ।

बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ०.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि देखेको छ । लचिलो रोजगारीको बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई तानेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ ।
यो विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन् ।

सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को श्रृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन् र फर्म तथा कम्पनीले थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछाडि हट्न सक्ने सङ्केत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु