Tuesday, July 7, 2026
Zenith Migration Education
Tuesday, July 7, 2026

विद्युत् ट्रान्सफर्मर विस्फोटपछि भागदौड हुँदा २९ विद्यार्थीको मृत्यु

Zenith Migration Education

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा भएको विस्फोटपछि भागदौड हुँदा २९ जना विद्यार्थीको मृत्यु भएको छ । बीबीसीका अनुसार, घटना एक विद्युत् ट्रान्सफर्मरमा विस्फोट भएपछिको हो ।

राजधानी बाङ्गुईको एक विद्यालयमा स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी विस्फोटको आवाज र धुवाँ देखेपछि आतिएका थिए । त्यसपछि भागदौड मच्चिँदा २९ विद्यार्थीको ज्यान गएको हो ।

राष्ट्रपति फस्टिन-अर्चेंज टौडेराले घटनालाई लिएर राष्ट्रिय शोकको घोषणा गरेका छन् । साथै, दुर्घटनामा घाइते भएका २ सय ८० भन्दा बढी बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् ।

त्यो बेला राजधानीका पाँच फरक–फरक विद्यालयका विद्यार्थी स्नातक परीक्षा दिन लिसे बार्थेलेमी बोगान्डा स्कूलमा भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु