Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

बेलिब्रिज भाचिँदा घाइते भएका तीन मजदुरको मृत्यु

Zenith Migration Education

पाँचथरको हेवा खोलामा निर्माणाधीन मोडुलर पुल निर्माणका भाचिँदा तीन जना कामदारको मृत्यु भएको छ ।

शनिबार साँझ निर्माणाधीन पुल निर्माणका क्रममा भाचिएको थियो । पुल भाचिँदा ६ जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी कौशल बुढाथोकी मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेका छन् ।

अन्य घाइतेहरू प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ । ७० मिटर लामो खोलामा मोडुलर पुल वारपार जोडेर सकिनै लागेका बेलामा भाचिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु