गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभई विज्ञानमा आधारित अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए ।
लेखकले मुद्दामा पनि नयाँ नयाँ चुनौतीहरू देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको बताए । अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको बताए । साथै नयाँ चुनौतीहरू पनि आइरहेकाले नयाँ चुनौती समाधान गर्नेगरी अनुसन्धान अघि बढाउन जरुरी रहेको बताउँदै पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको बताए ।
गृहमन्त्री भन्छन्, ‘अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ । नयाँ नयाँ चुनौतीहरू आइरहेका छन् । नयाँ नयाँ चुनौती फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन । अब बयानमा आधारित अनुसन्धान भन्दा विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ । विज्ञानमा आधारित अनुसन्धान त गर्ने तर त्यसको पनि प्रयोग र उपयोग सही ढंगले गर्नुपर्छ । त्यसमा पनि जुन जोखिम छ । अवसर त त्या हो विज्ञानकामार्फत अनुसन्धान गर्ने । तर त्यत्तिकै जोखिम पनि छ । अहिले मुद्दा पनि नयाँ नयाँ चुनौतीहरू देखिरहेका छन्, नयाँ तरिकाले अपराध भइरहेका छन् । हामीले आफूलाई त्योअनुसार तयार गर्न जरुरी छ ।’
लेखकले फौजदारी न्याय वा मुद्दा सम्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताए ।