Zenith Migration Education
Friday, July 11, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

बेलिब्रिज भाचिँदा घाइते भएका तीन मजदुरको मृत्यु

Zenith Migration Education

पाँचथरको हेवा खोलामा निर्माणाधीन मोडुलर पुल निर्माणका भाचिँदा तीन जना कामदारको मृत्यु भएको छ ।

शनिबार साँझ निर्माणाधीन पुल निर्माणका क्रममा भाचिएको थियो । पुल भाचिँदा ६ जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी कौशल बुढाथोकी मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेका छन् ।

अन्य घाइतेहरू प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ । ७० मिटर लामो खोलामा मोडुलर पुल वारपार जोडेर सकिनै लागेका बेलामा भाचिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery