Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेराविरुद्ध जाहेरी लेखियो : गृहमन्त्री लेखक

Zenith Migration Education

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउका हुन्। केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ छ।

उनले कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए।

उनले दलका पार्टी कार्यालयहरूलाई कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रहसमेत गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न समेत सुझाव दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु