Wednesday, September 9, 2026
Zenith Migration Education
Wednesday, September 9, 2026

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

Zenith Migration Education

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणनामा कडरिया ७३२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश पौडेलले ७२५ मत पाए ।

यसअघि पनि एमाले नेतृत्वले कडरियालाई सर्वसम्मत रूपमा अनेरास्ववियुको अध्यक्ष बनाउन खोजेको थियो । त्यसको प्रस्ताव महाधिवेशन हलमा गरिएको पनि थियो । तर, चुनावबाट नेतृत्व चयन हुनुपर्ने माग उठेपछि चुनाव भएको हो ।

त्यस्तै खुला उपाध्यक्षमा विकाश श्रेष्ठ निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी विजयी भइन् । महासचिवमा दीपक धामी निर्वाचित हुँदा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल विजयी भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु