भारतको गुजरातस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा २ सय ४२ यात्रु थिए ।
सार्वजनिक भएका तस्वीरहरूमा विमानमा आगो लागेको र बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ । उद्धार टोली घटनास्थल पुगिसकेको छ ।
लण्डनका लागि उडेको केहीबेरमै विमान दुर्घटनामा परेको बताइएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।



