Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

एनआरएनए अष्ट्रेलियाको स्पष्ट घोषणा: आईसीसी विवादमा तटस्थ, सदस्यता नविकरणमा जोड

Zenith Migration Education

सिड्नी, १२ जुन — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा चलिरहेको वैधानिक विवादप्रति गम्भीर ध्यानाकर्षण गर्दै आफू उक्त विवादमा संलग्न नहुने स्पष्ट पारेको छ। एनआरएनए अष्ट्रेलियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले आफ्नो तटस्थता कायम राख्ने जनाएको हो।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “एनआरएनए अष्ट्रेलिया स्वतन्त्र, स्वतःस्थापित र लामो समयदेखि दर्ता गरिएको संस्था हो, जुन हजारौं सदस्य, स्वयंसेवक, समुदाय अगुवा तथा सरोकारवालाहरूको सक्रिय सहभागिताबाट अगाडि बढिरहेको छ।”

हाल आईसीसीको वैधानिकतामाथि नेपालमा चलिरहेको मुद्दा अदालतको सम्पूर्णाधिकारमा रहेको र त्यसको परिणाम प्रतीक्षा गर्ने बताउँदै संगठनले उक्त विवाद आफ्नो दायरा भन्दा बाहिरको विषय भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस विषयले अष्ट्रेलियामा एनआरएनएले गरिरहेको नियमित काममा कुनै असर पार्दैन।”

एनआरएनए अष्ट्रेलियाले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न वार्षिक साधारण सभा (AGM) र निर्वाचन प्रक्रियाको तयारी गरिरहेको उल्लेख गर्दै सबै सदस्यहरूलाई नविकरण गर्न र नयाँ सदस्यता लिन आमन्त्रण गरेको छ।

विज्ञप्तिको निष्कर्षमा भनिएको छ, “हामी सबै सदस्यहरूलाई आफ्नो सदस्यता नविकरण गर्न प्रोत्साहित गर्दछौं, र नयाँ सदस्यहरूलाई पनि सदस्यता लिएर आगामी एजीएम र निर्वाचन प्रक्रियामा सहभागी हुन स्वागत गर्दछौं। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु