Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

प्रतिगामी शक्ति सल्बलाए, अब मिल्नुको विकल्प छैन : सभामुख घिमिरे

Zenith Migration Education

सभामुख देवराज घिमिरेले लामो समयदेखिको संसदीय गतिरोध आइतबारदेखि अन्त्य हुनेमा बलियो विश्वास व्यक्त गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच संवाद तीव्र भएसँगै समाधानको ढोका खुल्न लागेको संकेत गर्दै उनले शीर्ष नेताहरूको निर्णायक संवादपछि सदनले पुनः गति लिने बताए।
संसदीय प्रक्रिया अवरुद्ध हुँदा व्यवस्था विरोधी शक्तिहरूलाई फाइदा पुगेको भन्दै सभामुख घिमिरेले गम्भीर चिन्तासमेत व्यक्त गरे। उनले यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए।

प्रतिनिधि सभामा देखिएको यो गतिरोध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिनको मागलाई लिएर सुरु भएको हो। यही विषयलाई टुङ्ग्याउन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच निर्णायक छलफल हुन लागेको छ, जसले गतिरोध अन्त्यको अन्तिम मार्ग कोर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु