Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा आगलागी, १२ पसल जलेर नष्ट

Zenith Migration Education

बाजुराको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ।

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन्। आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु