Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

प्रधानमन्त्री ओलीले माधव नेपालसँग प्रतिशोध साँधे : प्रचण्ड

Zenith Migration Education

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताए ।

मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।

अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको बताए । कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताए ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु