Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोध साँधियो : माधव नेपाल

Zenith Migration Education

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूने भ्रष्टाचार नगरेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् ।

उनले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो भनेको नबिराउनु र नडराउनु रहेको बताए । उनले आफूले कुनैपनि भ्रष्टाचार नगरेको भन्दै अध्यक्ष नेपालले राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको बताए । ‘न बिराउनु, नडराउनु । मैले करप्शन गरेको छैन, चुनौतिका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे’ उनले भने ।

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु