Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

प्रकृतिमुखी जीवनशैली अवलम्बन गरौँ : राष्ट्रपति

Zenith Migration Education

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

विश्व वातावरण दिवस अवसरमा सन्देश दिँदै उनले वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

उनले वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने धारणा राखेका छन्।

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु