काठमाडौं — चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच भर्चुअल प्रिन्ट कस्ट (भीपीसी) शुल्कमा २५ प्रतिशत कटौती गर्ने सहमति भएको छ। साउन मसान्तदेखि लागू हुने गरी केडीएम चार्ज समेत भनिने यो शुल्क घटाउने सहमति पत्रमा निर्माता संघका पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका हुन्।
निर्माता संघका अध्यक्ष नवल खड्काले यो निर्णयले निर्माता समुदायको दीर्घकालीन माग पूरा भएको बताए। “निर्माताले लामो समयदेखि उठाउँदै आएको माग आज पूरा भएको छ,” अध्यक्ष खड्काले भने, “यो निर्णयले निर्मातालाई वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आर्थिक राहत मिल्नेछ।”
भीपीसी शुल्क एकमुष्ट (lump sum) रूपमा १ लाख ७० हजार लिने गरेको थियो । अब देखि १ लाख २७ हजार मात्रै लिनपाउने सहमति गरेको छ अर्को हरेक शोअनुसार शुल्क लिँदै आएको छ। हालसम्म डीसीएनले २के फिल्मका लागि ४०० रूपमा लिदै आएको छ। याे पनि घटाएको छ।
याे भन्दा अगाडि पनि अध्यक्ष खड्काकै नेतृत्वमा शेयर भाडफाड हलवाला र निमाता बिच ५०/५०र हलमा ३:३० मिनेट सम्मकाे ट्रेलर बजाउदा निर्माताले शुल्क तिर्न नपर्ने जस्ता निर्माता पक्षमा महत्त्वपूर्ण कार्य भईसकेका छन् ।
चलचित्र क्षेत्रले यो निर्णयलाई सकारात्मक रूपमा लिएको छ। निर्माताहरूले डिजिटल युगमा समेत व्यावसायिक टिकाउपनाका लागि यस्ता सहमतिलाई महत्वपूर्ण मानिरहेका छन्।



