Monday, November 30, 2026
Zenith Migration Education
Monday, November 30, 2026

उपरथीमा पदोन्नति भएका महरालाई दर्ज्यानी चिह्न

Zenith Migration Education

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालाई आज (मंगलबार) प्रधानसेनापति महारथी अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित यूएनआईएफआईएल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा कार्यरत छन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जा र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे । कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु