Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

बहुसांस्कृतिक सहर अ‍ोबर्नमा रमजान महोत्सव सम्पन्न

Zenith Migration Education

सिड्नी- सिड्नीको व्यास्त उपनगर अ‍ोबर्नमा आयोजित रमजान महोत्सव शनिबारबाट सुरु भई आइतबार राति सम्पन्न भएको छ। कम्बरल्याण्ड काउन्सिलको आयोजनामा भएको यो महोत्सवमा विभिन्न समुदायका मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो।

अ‍ोबर्न सिड्नीको बहुसांस्कृतिक उपनगर मध्ये एक हो, जहाँ विभिन्न जाति, भाषा र धर्मका मानिसहरूको बाक्लो बसोबास छ। यहाँ करिब १०,००० भन्दा बढी नेपालीहरू पनि स्थायी रूपमा बसोबास गर्छन्। अ‍ोबर्नमा क्रिसमस, इस्टर, नयाँ वर्ष, दशैं, होली, माघी, रमजान जस्ता विभिन्न पर्वहरू उल्लासपूर्वक मनाइन्छन्, जसमा सबै समुदायको सहभागिता रहँदै आएको छ।

यस पटकको रमजान महोत्सवमा शिक्षामन्त्री तथा स्थानीय सांसद जेसन क्लेयर समेत सहभागी भए। उनले आफ्ना कार्यकर्तासँग समय बिताउँदै मुस्लिम समुदायसँग संवाद गरे। आगामी चुनावलाई लक्षित गर्दै स्थानीय मतदातासँग छलफल गरेका थिए।

महोत्सवमा खाद्य प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा बजार स्टलहरू विशेष आकर्षण बने। स्थानीय बासिन्दाले रमजानको सांस्कृतिक महत्वसँगै विविध परिकारहरूको स्वाद लिने अवसर पाए।

अ‍ोबर्न जस्तो बहुसांस्कृतिक समुदायमा सांस्कृतिक सहअस्तित्व, आपसी मेलमिलाप र सहिष्णुता प्रवर्द्धन गर्न काउन्सिलहरूले यस्ता महोत्सवहरूको आयोजना गर्ने परम्परा बसाल्दै आएका छन्। आयोजकका अनुसार यस वर्षको रमजान महोत्सव पनि सफल रह्यो भने सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु