Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

सभामुख अर्याल भन्छन्- ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

Zenith Migration Education

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे ।

उनले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे । संसदमा कुनैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाउनु भयो ।

सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु