Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

सिड्नीमा ‘नयाँ वर्ष हंगामा’ सम्पन्न, गौरी मल्लसहित कलाकारहरूको प्रस्तुतीमा दर्शक झुमे

Zenith Migration Education

सिड्नी — पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा ‘नयाँ वर्ष हंगामा’ सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सिड्नीस्थित वेस्ली कन्फरेन्स सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा सिड्नीवासी नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालकी चर्चित कलाकार गौरी मल्ल सहित ‘कमेडी दरबार’ टोलीका सदस्यहरू, हास्य कलाकार बिक्की अग्रवालमिस पबीको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रमभर हाँसो र उत्साहले हल गुञ्जिएको थियो।

सांगीतिक प्रस्तुतीतर्फ गायक रमेशराज भट्टराई, गायिका सृजना खत्री (चौधे माया) तथा कलाकार सुबास खत्री (गलबन्दी) ले दर्शकलाई झुमाएका थिए। उनीहरूको लाइभ प्रस्तुतीमा उपस्थित नेपाली समुदाय निकै उत्साहित देखिन्थ्यो।

कार्यक्रममा समाजसेवी रञ्जु वाग्ले, बिष्णु हमाल, व्यवसायी रञ्जीत साह, आयोजक सुबास थापाको टोली, पीआर फिल्मका निर्देशक सोभित बस्नेत तथा सोही ब्यानरका कलाकारहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको आकर्षक प्रस्तुति होस्ट अजिना कार्कीले गरेकी थिइन् भने समग्र संयोजन निर्देशक बस्नेतले सम्हालेका थिए।

कार्यक्रमका क्रममा दर्शकले हल भरिएर सिट्टी बजाउने, हल्ला गर्ने तथा नाच्ने दृश्यले माहोल झनै रोमाञ्चक बनेको थियो। सहभागीहरूले भरपुर मनोरञ्जन प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु