Monday, August 10, 2026
Zenith Migration Education
Monday, August 10, 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। 

Zenith Migration Education

बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाको अध्ययनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधिका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु