Monday, August 10, 2026
Zenith Migration Education
Monday, August 10, 2026

कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

Zenith Migration Education

बुटवल — तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह आइतबार गोरुसिंगे जंगलमा मृत भेटिएका छन्।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। केही समयपछि उनले आफूनिकटका व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएँ, मलाई बचाउ’ भनेका थिए।

खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा उनले प्रयोग गर्ने मोटरसाइकल भेटिएको थियो। तर, सिंहको अवस्था भने पत्ता लागेको थिएन।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार खोजीमा खटिएको टोलीले आइतबार जंगलमा सिंहको शव फेला पारेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु