Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

मकवानपुरमा १७१ किलो गाँजासहित एकजना पक्राउ

Zenith Migration Education

मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु