Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

न्युजिल्यान्डमा साम्बाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

Zenith Migration Education

काठमाडौं — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को घुँडाको सफल शल्यक्रिया न्युजिल्यान्डको अकल्यान्डमा सम्पन्न भएको छ।

साम्बाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत डाक्टर साइमनको टोलीले शल्यक्रिया सफलतापूर्वक गरेको जानकारी दिएकी हुन्। पश्चिम एसियाको असहज परिस्थितिका कारण कतार जान नसकिएपछि एस्पेटारको सल्लाहअनुसार न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले उल्लेख गरिन्।

शल्यक्रियापछि बिहीबारदेखि रिह्याब प्रक्रिया सुरु हुने जनाइएको छ। हाल उनी अकल्यान्डमै चिकित्सकको निगरानीमा रहेकी छन् भने अवस्था सामान्य हुँदै गएपछि पुनः एस्पेटारमा रिह्याबलाई निरन्तरता दिने योजना रहेको छ।

ए-लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बा गत पुसमा ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडामा एसीएल टियर भएको थियो।

उपचार खर्चका लागि उनले फागुन १४ गते सहयोग अपिल गरेकी थिइन्। एसीएलको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको र करिब ८० हजार अमेरिकी डलर खर्च अनुमान गरिएको थियो। शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटेपछि उनले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोकेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु