Tuesday, April 14, 2026
Zenith Migration Education
Tuesday, April 14, 2026

भारतीय प्रधानमन्त्री मोदी-ट्रम्पबीच पश्चिम एशिया अवस्थाबारे फोनवार्ता, शान्ति र स्थायित्वमा जोड

Zenith Migration Education

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड  ट्रम्पबीच पश्चिम एशियाको पछिल्लो अवस्थाबारे टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा क्षेत्रीय तनाव कम गरी यथाशीघ्र शान्ति पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री मोदीले भारतले संवाद, संयमता र कूटनीतिक पहलमार्फत समस्या समाधान हुनुपर्ने धारणा राखेको बताएका छन् । उनले विश्व ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले अत्यन्त संवेदनशील मानिने हर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु अत्यावश्यक रहेको उल्लेख गरेका छन्।

वार्तामा दुवैले पश्चिम एशियामा शान्ति र स्थायित्व कायम गर्न निरन्तर सम्पर्कमा रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु