Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

Zenith Migration Education

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएका छन् । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

शनिबार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु