Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

ग्रिनल्याण्ड योजनामा असहयोगीमाथि ट्रम्पको भन्सार चेतावनी

Zenith Migration Education

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्त्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट पार्दै भने, ‘‘यदि कुनैपनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पुर्‍याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ ।’’

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र त्यहाँ रहेका प्राकृतिक स्रोतहरूको महत्त्वलाई मध्यनजर गर्दै यसलाई अमेरिकी क्षेत्रमा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन् । यद्यपि डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले यो प्रश्तावलाई पूर्ण रूपमा अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पारिसकेका छन् ।

ट्रम्पको यो पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय कुटनीति र व्यापारिक सम्बन्धहरूमा तनाव थप्ने देखिएको छ । आलोचकहरूले यसलाई व्यापारलाई कुटनीतिक हतियारको रूपमा प्रयोग गर्ने ट्रम्पको पुरानै शैलीको निरन्तरता भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु