Friday, March 20, 2026
Zenith Migration Education
Friday, March 20, 2026

सिड्नीमा सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता, राष्ट्रिय खेलाडीहरूको प्रतिस्पर्धा हुने

Zenith Migration Education

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सर्वाधिक धनराशिको तेस्रो सिपिए विल्सन इन्टरनेसनल महिला तथा पुरुष भलिबल कप २०२६ हुने भएको छ ।छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) को आयोजनामा जनवरी ११ तारिख आइतबारको दिन लिडकमस्थित ओर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकका अनुसार, यो प्रतियोतिामा पुरुषतर्फको विजेताले ४ हजार ४ सय ४४ अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र तथा तथा दोस्रो हुनेले २ हजार २ सय २२ अस्ट्रेलियन डलर प्राप्त गर्दामहिलातर्फको विजेताले १ जार ७ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र तथा तथा दोस्रो हुनेले ८ सय अस्ट्रेलियन डलर प्राप्त गर्ने गर्नेछ ।

यसअघि सिड्नीमा पहिलो पुरस्कार ४ हजार ५ अस्ट्रेलियन डलर रहेको थियो । जुन गत साता म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ १० टोली र महिला तर्फ पाँच टोलीले सहभागिता जनाएको सिपिएका अध्यक्ष बुद्धिमान छन्त्यालले जानकारी दिए । प्रतियोगिताको टाईसिटका अनुसार, पोल ‘ए’ मा मंगला, पर्वत बेनी, म्याग्दी काली, मोना र द गोर्खा स्पोर्ट्स क्लब रहेका छन् । पोल ‘बी’ मा गल्कोट, ढोरपाटन, पोखरा, जलजला र आयोजक सिपिए रहेका छन् ।

महिलातर्फ पोल ‘ए’ मा म्याग्दी काली, ढोरपाटन र जलजला तथा पोल ‘बी’ मा आयोजक छन्त्याल र मंगला रहेका छन् ।यसअघिका प्रतियोगिताहरुमा जस्तै यस प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोली तथा नेपालको घरेलु भलिबलमा प्रभाव छाडिसकेका खेलाडीहरुको प्रदर्शन हेर्न पाइनेछ ।पुरुषतर्फ राष्ट्रिय टोलीका पुर्व कप्तान मानबहादुर श्रेष्ठसँगै रविन चन्द, विशाल बहादुर बिक, टेकराज अवस्थी, हेमन्त बहादुर मल्ल, लोकेन्द्र राज गिरी, दिल बहादुर सुनार, राजेन्द्र विष्ट, सम्राट भण्डारी, ईश्वर थापा, रमेश बिक र धनपति कुँवरको खेल हेर्न पाइनेछ।महिलामा कप्तान अरुणा शाही, सरस्वती चौधरी, कविता भट्ट, साफिया पुन मगर र मनिषा चौधरीले विभिन्न क्लबबाट आफ्नो प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगितामा वेल्सन इन्टरनेसनल प्लाटिमा प्रायोजक रहँदा स्टुडेन्ड भाइब्स गोल्ड स्पोन्सर रहेका छन् ।एएलडी कर्पोरेट र विन्दास बाबु सिल्भर स्पोन्सर रहेका छन् । यस्तै गुड्डे मार्ट, क्याफे टक केम्सी, यस्तै रे कर्पोरेट ग्रुप, स्यान्ड्सटन कन्ट्रक्सन, अल्फ, नमस्ते ज्वेलर्स, माउन्ट इको सोलुसन, लुम्बिनी मिट एण्ड ग्रोसरी, इन्द्रेणी ग्रुप र डिलाइट टुर्स एण्ड ट्राभल्स सहयोगी सस्थाको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु