Thursday, September 3, 2026
Zenith Migration Education
Thursday, September 3, 2026

सुन्दरता र बोल्ड प्रस्तुतीले सिड्नीमा चर्चित बनिन् अजीना कार्की

Zenith Migration Education

सिड्नी — विद्यार्थी भएर अष्ट्रेलिया आएकी अजीना कार्की सिड्नीस्थित नेपाली समुदायका विभिन्न कार्यक्रमहरूमा होस्टका रूपमा चिनिन थालेकी छन्। आत्मविश्वासी र बोल्ड प्रस्तुतीका कारण छोटो समयमै उनले कार्यक्रम सञ्चालकका रूपमा छुट्टै पहिचान बनाउन सफल भएकी छन्।

सिड्नीमा आयोजना हुने सांस्कृतिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा उनी होस्टका रूपमा सक्रिय देखिन्छिन्। च्यारिटी कार्यक्रमहरूमा भने उनी प्रायः स्वयंसेवकका रूपमा सहभागी हुने गरेकी छन्। अन्य कार्यक्रमहरूमा भने पारिश्रमिक लिएर होस्टको भूमिका निर्वाह गर्दै आएकी छन्। समुदायका युवायुवतीसँग मिलेर सामाजिक गतिविधिमा पनि उनी उत्तिकै सक्रिय रहेको बताइन्छ।

सुन्दरता, कला र मधुर आवाजको मेलले अजीना सिड्नीका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएकी छन्। विभिन्न कार्यक्रमहरूमा उनको माग बढ्दै गएको छ भने उनका प्रशंसक पनि दिनप्रतिदिन बढिरहेका छन्।

अजीना कार्की गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्सकी सदस्य पनि हुन्।

अजीना भन्छिन्, “कार्यक्रम होस्ट गर्नु मेरो रहर मात्र हो, तर मेरो वास्तविक उद्देश्य भने समाज सेवा गर्नु हो। नेपाली समुदायले दिएको माया र विश्वासले नै आज यहाँसम्म आउन सकेकी हुँ।”

तस्बीर: कोरप्र्यू फोटोग्राफी, सिड्नी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु