नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो ।




