Friday, March 20, 2026
Zenith Migration Education
Friday, March 20, 2026

सिड्नीमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न, दुई सयभन्दा बढी सेवाग्राही लाभान्वित

Zenith Migration Education

सिड्नी — नेपाली राजदूतावास, क्यानबेराको आयोजनामा सिड्नीमा सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। जनवरी ३ र ४, २०२६ मा सिड्नीस्थित Honorary Consulate of Nepalमा आयोजित उक्त सेवाबाट दुई सयभन्दा बढी नेपाली सेवाग्राही लाभान्वित भएका छन्।

सेवा सञ्चालनमा NRNA NSWकी संयोजक उषा बारिया पोखरेलको नेतृत्वमा स्वयंसेवक टोली बिहानदेखि नै सक्रिय रूपमा खटिएको थियो। सिड्नी तथा आसपासका क्षेत्रबाट आएका नेपालीहरूले सहज, छरितो र व्यवस्थित सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

कार्यक्रमबारे जानकारी दिँदै NSW का लागि वाणिज्यदूत सन्जीब शर्माले सिड्नीमै आएर सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनु हुने महामहिम राजदूत चित्रलेखा यादवलगायत नेपाली राजदूतावासका कर्मचारी, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले दुईदिने घुम्ती राहदानी सेवा सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै यस्ता सेवाहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गरे।

त्यसैगरी, NRNA NSW संयोजक उषा बारिया पोखरेलले सिड्नीमै नेपाली समुदायलाई सेवा दिन पाउँदा स्वयंसेवक टोलीलाई पनि सेवा गर्ने अवसर प्राप्त भएको बताइन्। घुम्ती राहदानी सेवा कार्यक्रमले नेपाली समुदाय र स्वयंसेवक दुवैलाई खुसी तुल्याएको उल्लेख गर्दै यस प्रकारका सेवाहरू भविष्यमा पनि निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरिन्।

घुम्ती राहदानी नवीकरण सेवा प्रदान गर्न नेपाली राजदूतावासबाट तृतीय सचिव हेम भुजेलसहितको टोली सिड्नीमा खटिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु