Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

अनसनरत निकोलस भूसालसंग वार्ता गर्न सरकारद्वारा समिति गठन

Zenith Migration Education

अनसनरत डा. निकोलस भूसालको नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेका छ ।

विभिन्न माग राखी विगत केही दिनदेखि अनसनरत भूसालसँग वार्ता गर्न सरकारले आज वार्ता समिति गठन गरेको हो ।

उक्त वार्ता समितिका संयोजक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

त्यसैगरि सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सदस्य गोविन्द नारायण तिमिल्सिना, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सदस्य डा. भीष्मकुमार भूसाल, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

भुसालले जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग गर्दै अनसनमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु