Sunday, January 18, 2026
Zenith Migration Education
Sunday, January 18, 2026

सिड्नीको बोन्डाई बीच नजिक गोलीकाण्ड, १० जनाको मृत्यु

Zenith Migration Education

सिड्नी — सिडनीको बोन्डाई बीच नजिक यहूदी समुदायको धार्मिक भेला भइरहेका बेला भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। घटनामा एक जना आक्रमणकारी प्रहरी कारबाहीमा मारिएका छन् भने अर्का एक जना गम्भीर अवस्थामा प्रहरी नियन्त्रणमा रहेका छन्।

आइतबार साँझ अचानक अन्धाधुन्ध गोली चलेपछि घटनास्थल वरपर अफरातफरी मच्चिएको थियो। घाइतेहरूलाई तत्कालै नजिकका अस्पतालमा भर्ना गरिएको छ, जसमा केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

एनएसडब्ल्यु प्रहरी ले( घटनापछि सुरक्षा घेरा कडा बनाउँदै सर्वसाधारणलाई बोन्डाई बीच आसपास नजान आग्रह गरेको छ। प्रहरीका अनुसार हाल सक्रिय खतरा नरहेको भए पनि घटनाको उद्देश्य, पृष्ठभूमि र सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धान जारी छ।

घटनापछि स्थानीय समुदाय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतिक्रिया आएका छन्। विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रहरीले थप विवरण पुष्टि भएसँगै सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु