Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

विज्ञहरु भन्छन्- राष्ट्र बैंकका नीतिहरु व्यवहारिक भएनन्

Zenith Migration Education

नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरु अव्यवहारिक भएका कारण पछिल्लो समय निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरुले बताएका छन् ।

बैंक तथा फाइनान्स एण्ड इन्सुरेनस इन्टिच्युट अफ नेपालले गरेको एक कार्यक्रममा विज्ञहरुले निष्कृय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरु रहेको बताए ।

पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताए । उनकाअनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचिको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।

उनले विजनेस बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनकाअनुसार किन बिजनेस फेल भयो त्यसतर्फ पनि ख्याल गरिनुपर्छ । बैंकको सानो सहयोगले प्रवाह गरिएको ऋणीको बिजनेस चलायमान हुन्छ भने त्यस्तोमा सपोर्ट गर्नुपर्छ ।

नेपाल राष्ट्र बैंकले यदी चलिरहेको बिजनेस छ भने डिफल्ड भयो भने फेरि चलायमान हुनसक्छ भने छोटो समयका लागि कर्जा दिनसक्ने व्यवस्था गर्नुपर्ने ढुंगानाले बताए ।

ढुंगानाकाअनुसार भूकम्प, कोभिडको बेला सबै ऋणीलाई १०÷२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । त्यतिबेला एनपीए भएपनि थपिएर दिइएको थियो । त्यसैकरण एनपीए घटेको थियो । राष्ट्र बैंकले कर्जा दिन भन्दा निष्कृय कर्जा नहुने बैंक आफैँले दिदाँ एनपीए हुने त्यस्तो हुनुहुँदैन । एनपीएको परिभाषा र प्रोभिजनको व्यवस्थामा सुधार गरिनुपर्ने उनले बताए । सुधार नगरिए आजको अर्थतन्त्रको स्थीति हेर्दा खराब कर्जा बढेर जाने प्रशस्त सम्भावना रहेको उनको बुझाइ रहेको छ । उनकाअनुसार भुकम्पमा दिएका ऋणहरु अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जाहरु पनि बैंकहरुले उठाउन सकेको अवस्था छैन ।

ढुंगानाकाअनुसार मुलुकमा राजनीतिक अस्थीरता रहँदा सम्म लगानीगर्न लगानीकर्ताहरु हिच्किचाउँछन् । अहिले लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसलाई उठाउन जरुरी छ । छिट्टै चुनाव भएर मुलुकमा स्थायित्व हुन जरुरी रहेको समेत उनले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरु बैंकहरुले सही रुपमा कार्यान्वयन नगर्दा पनि समस्या भइरहेको बताए ।

उनकाअनुसार पुनःकर्जाका सुविधाहरुलाई बैंकहरुले सही रुपमा प्रवाह गरिदिएनन् । सोही कारण कतिपय उद्योगी व्यापारीहरु अप्ठ्यारोमा परे र उनीहरु पलायन नै हुनुपर्ने स्थिति आयो ।
ढकालकाअनुसार राष्ट्र बैंकले बैंकहरुलाई दिएका सुविधामार्फत ग्राहकलाई सन्तुष्टी पार्न चुकिरहेको बताए । उनकाअनुसार बैंकहरुले ओभर फाइन्नासिङ रोक्न चुकेका कारण पनि खराब कर्जा बढिरहेको छ । राष्ट्र बैंकले दिन भनेको अतिरिक्त लोनलाई बिजनेस रिकभरीमा लगाउन भनेपनि सोहीअनुसार लगाउन नसक्दा पनि समस्या भएको बताए ।

तत्कालिन अवस्थाको फाइदालाई लिएर आफ्नो ब्यालेन्स सिट सुधारमा बैंकहरु लाग्न नहुने उनको भनाइ छ । बैंकहरुले ऋणीलाई बारम्बार ताकेता गर्दा ऋणीहरु झन् प्रताडित बन्ने र बैंकरहरु गाउँ जान नसक्ने स्थीति समेत आउन सक्ने उनको भनाइ छ ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताए । उनकाअनुसार सही रुपमा कर्जाको नियमन भएका बैंकहरुको ब्यालेन्स सिट राम्रो छ । उनकाअनुसार बैंकहरुले धितोका आधारमा मात्रै ऋण दिनु हुँदैन ।

क्षेत्रीकाअनुसार समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएको छ र खराब कर्जा बढेको हो । अहिले व्यापार–व्यवसाय छैन । त्यसैले ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि कमजोर भएको छ ।

बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भुमिका खेलेको जस्तो लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु