Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

डडेल्धुराबाट चुनाव लड्दै देउवा, उम्मेदवार सिफारिस

Zenith Migration Education

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृह जिल्ला डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । सात पटक सोही क्षेत्रबाट विजयी भइसकेका देउवा आठौँ पटक चुनावी मैदानमा उत्रिँदै छन् ।

फागुन २१ गते हुने निर्वाचनमा देउवालाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस नेता इन्द्रबहादुर कार्कीले जनताको आग्रहअनुसार देउवा उम्मेदवारमा सिफारिस भएका जानकारी दिए ।

डडेल्धुराका नेताहरूले देउवाको काठमाडौँस्थित महाराजगञ्ज निवासमा पुगेर उनलाई भेटेका थिए । सो क्रममा देउवाले गृह जिल्लाको माहोलबारे बुझेका थिए । स्थानीय नेताहरूको आग्रहमा देउवाले चुनाव लड्ने मनसाय बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु