Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

नेनुसा अष्ट्रेलियाको एक वर्षे वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Zenith Migration Education

नेनुसा अष्ट्रेलियाको एक वर्षे वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

सिड्नी, शनिवार — लिम्बु सांस्कृतिक पहिचान, महिला सशक्तीकरण र समुदायबीच एकता मजबुत बनाउने उद्देश्यले स्थापना भएको नेनुसा अष्ट्रेलियाले आफ्नो एक वर्षे वार्षिकोत्सव २०२५ पारामाट्टास्थित लोला कोसिला स्पेनिस रेस्टुरेन्टको फंक्शन हलमा भव्य रूपमा सम्पन्न गरेको छ।

‘नेनुसा’ शब्द लिम्बु भाषामा एकै आमाबाट जन्मिएका दिदी–बहिनीहरू भन्ने अर्थमा प्रयोग हुन्छ। अष्ट्रेलियामा बसोबास गर्ने लिम्बु महिलाहरूलाई एउटै मञ्चमा ल्याई भाषा, पहिरन र सांस्कृतिक पहिचान जगेर्ना गर्दै दोस्रो पुस्तामा परम्परा हस्तान्तरण गर्ने उद्देश्यले संस्था सक्रिय हुँदै आएको छ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी संस्थापक तथा अध्यक्ष भुमा लिम्बुले दिएकी थिइन्।

“संस्कार, भाषा र भेषभूषा जगेर्नाका लागि नेनुसा गठन गरिएको हो। आजको उत्साहपूर्ण उपस्थिति र सहभागिताले संस्थालाई थप ऊर्जा दिएको छ,” उनले भनिन्।

कार्यक्रमकी प्रमुख अतिथि डा. प्याट्रिसिया पर्सिवल,
काउन्सिलर, सिटी अफ प्यारामाट्टा,
ले नेनुसाले गर्दै आएको कार्यको प्रशंसा गर्दै भनिन्—

“लिम्बु महिलाहरूको एकता, सद्भाव, परम्परागत पहिरन र संस्कृतिको आकर्षक प्रस्तुति निकै प्रेरणादायी छ। यस्तो सांस्कृतिक कार्यक्रमले बहुसांस्कृतिक समुदायमा सहिष्णुता र सम्मान बढाउँछ।”

कार्यक्रममा Pastor लोकमान लिम्बु, नेपाली समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन सुनिता लिम्बु र मोनि लिम्बुले आकर्षक र व्यवस्थित ढंगले गरेका थिए।

उत्सवमा—

साना नानीहरूको नृत्य,
दोस्रो पुस्ताका युवा–युवतीहरूको लिम्बु परम्परागत सामूहिक नाच,
लिम्बु पहिरन प्रदर्शन

जस्ता प्रस्तुतिहरू प्रमुख आकर्षण बने।
सहभागी विकास लिम्बुले भने—

“यो हाम्रो संस्कार र परम्पराको निरन्तरता हो। नेनुसाले समुदायलाई एउटै मञ्चमा ल्याएर प्रशंसनीय काम गरेको छ।” नेनुसा अष्ट्रेलियाको एक वर्षे वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु