Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

सिड्नीमा गुञ्जिए गायक यम बराल

Zenith Migration Education

सिड्नी — सांगीतिक भ्रमणका लागि हाल अस्ट्रेलिया रहेका लोकप्रिय गायक यम बराल शुक्रबार सिड्नीमा आयोजित ‘यम बराल लाइभ इन सिड्नी’ कार्यक्रममार्फत दर्शकमाझ गुञ्जिएका छन्।

अबर्नस्थित ग्रान्ड प्यालेसमा भएको सो कार्यक्रममा उल्लेखनीय संख्यामा नेपाली दर्शकको उपस्थिति रहेको थियो। युगल गायनका लागि यमसँग अस्ट्रेलियामा नै बसोबास गरिरहेकी गायिका प्रीति घिमिरेले साथ दिएकी थिइन्।

“दर्शकले धेरै माया देखाउनुभयो, कार्यक्रम अत्यन्तै सफल भयो,” गायक बरालले प्रतिक्रिया दिए।

कार्यक्रममा बरालले बादलुको घुम्टो, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, दिलमाया, माया बस्यो मुटुमा, तिम्रो हाम्रो चिनारी, सनम माया लाकोदेकि लगायतका लोकप्रिय गीतसँगै केही नयाँ गीत पनि प्रस्तुत गरे।

करिब एक महिनासम्म उनी अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्।

कार्यक्रमको प्रारम्भमा एनआरएन अस्ट्रेलिया तर्फबाट बराललाई सम्मान गरिएको थियो। एनएसडब्लु राज्य संयोजक उषा बारीया पोखरेल र आइसीसी सदस्य राजेश केसीले उनलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु